यी ५३ मेनपावर कम्पनीलाई एकै पटक कैद र जरिवानाको सजाय
काठमाडौं । वैदेशिक रोजगार न्यायाधीकरणले एकैपटक ५३ वटा म्यानपावर कम्पनीका मुख्य सञ्चालकहरूलाई कैद र जरिवाना फैसला गरेको छ ।
न्यायाधीकरणले ५३ मुख्य सञ्चालकलाई ६ महिना कैद र एक÷एक लाख रूपियाँ जरिवाना सजाय हुने गरी फैसला गरेको हो ।
न्यायाधीकरणका अध्यक्ष रमेश खत्री, सदस्य गोपीचन्द्र भट्टराई तथा निशा बानियाँको संयुक्त इजलासले फागुन १६ गते ठगीमा संलग्न म्यानपावर कम्पनीलाई सजाय दिने फैसला गरेको छ ।
खाडी तथा मलेसिया जाने श्रमिकहरूको भिसा तथा श्रम स्वीकृतिका लागि प्रदान गरिने स्टिकर लगायत कागजात नक्कली बनाएर ठगी गरेको न्यायाधीकरणले ठहर गरेको न्यायाधीकरणका इजलास अधिकृत दुर्गादत्त लम्सालले जानकारी दिएका छन् ।
नेपाल निक प्रिन्टिङ प्रेसमार्फत नक्कली कागजात बनाएर कामदारलाई वैदेशिक रोजगारमा पठाउने गरेको खुलेको छ ।
अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७१ असार २७ गते नेपाल निक प्रेसमा खानतलासी गरेको थियो ।
अवैध धन्दामा संलग्न प्रेसका सञ्चालक शेरबहादुर महर्जन र उत्तम खत्री ५३ वटै म्यानपावर कम्पनीहरूको मतियार देखिएकाले
उनीहरूलाई कैद र जरिवानाको सजाय तोकिएको छ ।
कैद र जरिवानाको सजाय भएका मेनपावर कम्पनीहरू
१. मेरिगोल्ड ओभरसिज प्रालिका सञ्चालक रवीन्द्रकुमार श्रेष्ठ
२. अल द्यार म्यानेजमेन्ट प्रालिका सञ्चालक जेवेर अहमद खाँ
३. लिबर्टी एचआरका सञ्चालक दण्डप्रसाद काप्री
४. फ्युचर लिंक इन्टरनेसनलका सञ्चालक सलामुद्दिन मियाँ
५. गल्फ म्यानेजमेन्टका सञ्चालक उपेन्द्रप्रसाद शाह
६. ओरोर ह्युमन रिसोर्सका सञ्चालक राजेन्द्र भण्डारी
७. आरके म्यानपावर ग्रुपका सञ्चालक शीतलप्रसाद यादव
८. एबिसी फ्लेसमेन्ट प्रालिका सञ्चालक मनोजकुमार गौतम
९. सनलाइट ह्युमन रिसोर्सका सञ्चालक चित्रबहादुर विशुन्खे
१०. सन्ना इन्टरनेसनल रिक्रुटमेन्टका सञ्चालक मोहम्मद मुस्ताफ मियाँ
११. इम्पायर इन्टरनेशनलका सञ्चालक मोदनाथ शर्मा
१२. मोभिरा इन्टरनेसनल ओभरसिज सर्भिस प्रालिका सञ्चालक मोदनाथ शर्मा
१३. वर्ल्ड भिजन इन्टरनेसनलका सञ्चालक बुद्धिबहादुर रोक्का
१४. विन्डबोन्ड ओभरसिजका सञ्चालक मोहनकर्ण राना
१५. ड्रिम एन्ड गाइड सिस्टमका सञ्चालक साहिद फजुल रहमान
१६. स्प्लेन्डिड जब सोलुसनका सञ्चालक गोपाल उराँव
१७. गल्फ इन्टरनेसनल ग्रुप नेपालका सञ्चालक जयराम अधिकारी
१८. लक्की एचआर सोलुसनका सञ्चालक ऋषिप्रसाद शर्मा
१९. एसपिएम ओभरसिजका सञ्चालक क्षितिज ढुंगाना
२०. एनबी इन्टरनेसनल म्यानपावरका सञ्चालक रामराज अधिकारी
२१. अञ्जली ओभसिजका सञ्चालक टीका शिवाकोटी
२२. साउदी नेपाल रिक्रुटमेन्ट एजेन्सीका सञ्चालक देवीकला आचार्य
२३. मीराकल ओभरसिज प्रालिका सञ्चालक ज्ञानेन्द्र अधिकारी
२४. एसिइ इम्प्लोइमेन्टका सञ्चालक तुलसीप्रसाद काप्री
२५. ट्र्याक ओम ओभरसिजका सञ्चालक सुनितकुमार सिंह
२६. गतिशील ओभरसिजका सञ्चालक रामकुमार लामा
२७. अल मसिर ओभरसिजका सञ्चालक दिलकुमार तामाङ
२८. स्वस्तिल ओभरसिजका सञ्चालक भीष्म सापकोटा
२९. मसेर्ज इन्टरनेसनल ओभरसिजका सञ्चालक खेमनाथ गौतम
३०. परदेशी ओभरसिजका सञ्चालक युवराज शेर्मा
३१. जिएस इम्प्लोइमेन्ट सर्भिसका सञ्चालक चक्रबहादुर बलमपाकी
३२. मादी ओभरसिजका सञ्चालक जनक थापा
३३. सिटिजन ओभरसिजका सञ्चालक वीरबहादुर तामाङ
३४. स्टारवे ओभरसिजका सञ्चालक भागिरथ राई
३५. योङ ओभरसिजका सञ्चालक थिरमणि पौडेल
३६. सार्क ओभरसिजका सञ्चालक इन्द्रबहादुर खड्का
३७. जब सर्चका सञ्चालक सुरेश शर्मा ढकाल
३८. सिप्नल इन्टरनेसनलका सञ्चालक दिलिपकुमार भण्डारी
३९. शालमनी ओभरसिजका सञ्चालक रामचन्द्र गिरी
४० कालिन्चोक म्यानपावरका सञ्चालक प्रदीपकुमार कार्की
४१. उपटार एचआर प्रालिका सञ्चालक श्यामबहादुर पराजुली
४२. डिलक्स एचआरका सञ्चालक जनक खड्का
४३. लक्की ओभरसिजका सञ्चालक यमबहादुर केसी
४४. एमकन ओभरसिजका सञ्चालक रामप्रसाद गैरे
४५. नाइल इन्टरनेसनल प्रालिका सञ्चालक गंगा तामाङ
४६. युरो टेक कन्सल्टेन्टका सञ्चालक नारायण खड्का
४७. दीप गेट वे ओभरसिजका सञ्चालक विकासजंग रायमाझी
४८. रारा इम्प्लोइमेन्ट कन्सल्टेन्टका सञ्चालक गोपाल प्रसाद पाण्डे
४९. रिजन ओभरसिजका सञ्चालक राजन सापकोटा
५०. बेस्ट वे सर्भिसका सञ्चालक पुष्पबहादुर आले
५१. परफेक्ट कनेक्सन इम्प्लोइमेन्टका सञ्चालक डिल्लीप्रसाद लामिछाने
५२. ग्रान्ड ओभरसिजका सञ्चालक राजकिशोर शाह
५३. आस्था इन्टरनेसनल ओभरसिजका सञ्चालक रविन्द्र केसी
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया