कांग्रेस नेता डा.असन्सारीको पहलमा भोक्राहामा निःशुल्क स्वास्थ्य शिविर

इटहरी । खातुन केयर फाउण्डेसन नेपालको आयोजना तथा अयान र अनमोल हेल्थ केयर प्रालिको समन्वयमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शुक्रवार खातुन केयर फाउण्डेसन नेपालको आयोजनामा भोक्राहा नरसिंह गाउँपालिका –४ स्थित पृथ्वीनारायण माध्यमिक विघालयमा काठमाडौंका विशेषज्ञ डाक्टरहरूद्वारा ५ सयभन्दा बढी बिरामीहरूलाई निःशुल्क सेवा प्रदान गरेको हो ।

नेपाली कांग्रेसका युवा नेता डा.अबुल हुसैन अन्सारीले गृहजिल्ला सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थितमा एकदिने निःशुल्क स्वास्थ्य शिविर तथा बिरामीलाई निःशुल्क औषधि वितरण गरेका हुन् ।

Published : Saturday, 2022 February 26, 10:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया