कम्युनिष्टहरूले जनतालाई धेरै उल्लु बनाए, कांग्रेसको जित सुनिश्चित छ : योगेन्द्र चौधरी

भगवानपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद योगेन्द्र चौधरीले कम्युनिष्ट पार्टीहरू रहँदासम्म जनताको प्रगति हुन नसक्ने बताएका छन् ।

नेता चौधरीले गरिवका नाममा कम्युनिस्टले जनतालाई उल्लु बनाउँदै सत्ता हत्याउने दाउँमा सधैं सक्रिय रहने गरेको बताए ।

उनले कम्युनिष्ट पार्टीहरूले सधै नागरिकलाई दुःख दिनुका साथै गरिवलाई झन् गरिव बनाउँदै आएको बताए ।

कम्युनिष्टहरूले आफ्नो सिद्धान्त भुलिसकेको बताएका नेता चौधरीले कम्युनिष्टहरूले नागिरकलाई गुमराहमा राख्न चाहेको बताए ।

कम्युनिष्टहरूले नागरिकलाई सु–सूचित हुन नदिन अनावश्यक रुपमा सदन बहिस्कार गरेर जनताको आवाज बोल्न नदिएको बताए ।

एमालेले निन्तर ६ महिनादेखि प्रतिनिधि सभाको बैठक अबरुद्ध गर्दै आएको छ । एमालेप्रति लक्षित गर्दै केन्द्रीय सदस्य चौधरीले एमालेलाई संसद अबरुद्ध नगर्न आग्रह गरे ।

केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले सबैको साथले मात्रै कांग्रेसले आगामी निर्वाचन जित्ने बताए । देश मर्यादित र ईमान्दारिताका साथ सञ्चालनका लागि सदैव कांग्रेसले जित्नु पर्ने उनले बताए ।

घिमिरेले कांग्रेसले काम गरेर पनि नागरिकमा जानकारी दिन नजान्दा कम्युनिस्टले फाइदा लिएको बताए ।

यसैबीच, नेपाली कांग्रेसको दाङको क्षेत्र नं. १ राप्ती गाउँपालिकाको वडा नं. ६ भगवानपुरमा टोल कार्यसमिति गठन भएको छ ।

वडा नं. ६ का वडा सभापति विश्वम्भर चौधरीको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्य योगेन्द्र चौधरीको प्रमुख आथित्यता तथा केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेको विशिष्ट आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा लुम्विनी प्रदेशका सदस्य देवनारायण चौधरी, नेताहरू गोवर्धन रावत, विलोचन चौधरी, हरि भुसाल, बेदप्रसाद चौधरी, अमृत अधिकारी, विद्याशरण चौधरी, खोपेन्द्र ज्ञवाली, गोविन्द वली, दोर्ण भुसाल, ताराबहादुर डिसी, तीर्थराज ज्ञवाली, ताराकुमारी चौधरी, ईन्द्रादेवी नेपाली, सञ्जीव छिनाल, राजु परियार लगायतको सहभागिता रहेको थियो ।

नेपाली कांग्रेस भगवानपुर टोल कार्यसमितिको जिम्मेवारी धनबहादुर चौधरीले पाएका छन् ।

उप–सभापतिमा अविनाश चौधरी, सचिवमा भुवन चौधरी, कोषाध्यक्षमा निशाकुमारी चौधरी चयन भएका छन् ।

सदस्यहरूमा कृष्णा चौधरी, नीमा चौधरी, अमिर चौधरी, रमेश चौधरी, राजित चौधरी, ममता चौधरी, विना चौधरी, सिर्जना चौधरी, शेर अली, सागर परियार, प्रमेन्द्र नेपाली, विमला चौधरी र अस्मिना खातुन चयन भएका छन् ।

Published : Saturday, 2022 February 26, 6:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया