निर्वाचन आयोगमा नेपाली कांग्रेस दर्ता

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता कार्य सम्पन्न गरेको छ ।

शुक्रबार आयोगको कार्यालय पुगेर कांग्रेसका नेताहरूले दल दर्ता गराएका हुन् ।

दल दर्ताका लागि उप–सभापति धनराज गुरुङ, मुख्य सचिव कृष्णप्रसाद पौडेल, सह–महामन्त्री बद्री पाण्डे र जीवन परियार आयोग पुगेका थिए ।

Published : Friday, 2022 February 25, 8:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया