दाङको गङ्गदीमा कम्युनिस्टका कार्यकर्ता कांग्रेसमा प्रवेश

राजपुर । दाङ जिल्लाको राजपुर गाउँपालिका– ६ गङ्गदीमा विभिन्न राजनीतिक दल परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

शुक्रबार गङ्गदीमा आयोजित कार्यक्रममा कांग्रेसका नेता जानकीलाल बस्नेतले नवप्रवेशीहरूलाई पार्टीको सदस्यता प्रदान गरेका हुन् ।

एमाले, माओवादी केन्द्रका स्थानीय कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।

कम्युनिस्टहरूले सधैँ झुठ बोलेर झुक्काएपछि बाध्य भएर कांग्रेसमा प्रवेश गरेको नवप्रदेशीहरूले जनाएका छन् ।

Published : Friday, 2022 February 25, 7:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया