खतिवडाको प्रश्न, ‘मन्त्री बनेर झण्डा हल्लाउने, सरकारलाई नै असहयोग गर्ने ?’
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाले सरकारविरुद्ध लाग्ने मन्त्री र ती दलहरूप्रति आक्रोश पोखरेका छन् ।
शुक्रबार खतिवडाले ट्वीट गर्दै झण्डा हल्लाएर सरकारको विरोध गर्नेहरूमा नैतिकता नरहेको भनेर आलोचना गरेका हुन् ।
‘सरकारमा बस्ने, झण्डा हल्लाउँदै सडकमा हिड्ने, सरकारविरुद्धको जुलुसमा हिड्न पनि रहर लाग्ने, प्रहरीलाई ढुंगा हान्ने अनि फेरि मन्त्रालय पुग्ने बित्तिकै ए…जी, त्यो ठेक्काको फाइल तु पेश गर्नु भनेर लेख्ने’, खतिवडाले भनेका छन् ।
‘अनौठो सरकारका मन्त्री अहिले सरकारमा राज गरिबक्सेका छन्’, उनले भनेका छन् ।
माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले सरकारमा बसेर एमसिसीको विरोध गरिरहेका छन् । सडकमा कार्यकर्ता उतारेर सुरक्षाकर्मीमाथि आक्रमण गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया