एमसिसीलाई सहमतिमा पारित गर्न माधव नेपालको प्रस्ताव

धनगढी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसिसी पास नहुने बताएका छन् ।

कैलालीको धनगढीमा युवासंघ नेपालको कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै नेपालले यथास्थितिमा एमसिसी पास गर्न नसकिने बताए ।

एमसिसीका कारण देशमा राजनीतिक संकट पैदा भइरहेकाले सहमतिका आधारमा मात्रै पारित गर्नुपर्ने अध्यक्ष नेपालले बताएका छन् ।

नेपाललले आफ्नो पार्टीले एमसिसीका विषयमा सबै राजनीतिक दलका बीचमा गहन अध्ययन र छलफल भएर मात्रै अगाडि बढाउनुपर्ने बताएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले एमसिसीका विषयमा पार्टीले जे धारणा अघि सार्छ सोही विषयमा आफूहरू अगाडि बढ्ने बताए ।

अध्यक्ष नेपालको पछिल्लो अभिव्यक्तिले प्रधानमन्त्री शेरबहादुर देउवालाई सामान्य राहत मिल्ने चर्चा छ । एमसिसीमा नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालभन्दा केही लचक छन् ।

Published : Friday, 2022 February 25, 11:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया