सीआईबीद्वारा काठमाडौंका विश्वनाथ अधिकारीलाई पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ३८ वर्षीय विश्वनाथ अधिकारी लाई पक्राउ गरेको छ ।

काठमाडौंको तारकेश्वर नगरपालिका– २ बस्दै आएका अधिकारीलाई बिहीबार प्रहरीले सोही स्थानबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनलाई बैंकिङ कसुरमा अदालतले २०७८ सालको कात्तिक २९ गते ६२ लाख ८ हजार जरिवाना र १० दिन कैद फैसला सुनाएको थियो ।

अधिकारीले नेपाल बैंक लिमिटेड, न्यूरोडमा रहेको खाताबाट रकम भुक्तान हुने भनी उक्त खातामा पर्याप्त मौज्दात रकम नभएको जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकहरूको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले सजाय र जरिवाना सुनाएको थियो ।

Published : Thursday, 2022 February 24, 4:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया