कुलमानकी पत्नी दीपा राप्रपाको उपाध्यक्षमा मनोनीत
धादिङ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङकी पत्नी दीपा तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङको उपाध्यक्षमा चयन भएकी छिन् ।
राप्रपा धादिङका अध्यक्ष ध्रुव खनालले कार्यसमिति सदस्यहरूबाट पदाधिकार मनोनयन गर्ने विधान अनुसार तामाङलाई उपाध्यक्ष बनाइएको जानकारी दिएका छन् ।
कुलमानलाई नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारले प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो ।
कुलमानको नियुक्ति रोक्न ठूलो चलखेल हुँदाहुँदै प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गरेका थिए । उनले आफ्नी पत्नीलाई राप्रपाको उपाध्यक्ष बनाएर आफू कुन दलप्रति समर्थन गर्छन् भनेर देखाइदिएका छन् ।
अध्यक्ष खनालले श्यामसिंह ठकुरीलाई पनि उपाध्यक्ष बनाएका छन् ।
उपाध्यक्षमा शालिकराम सिलवाल र पार्टीलाई आवश्यक स्रोत व्यवस्थावन गर्ने जिम्मेवारी पाएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङले माघको दोस्रो साता १८ जना मनोनीत गर्दै ४७ जनाको जिल्ला कमिटी बनाएको थियो ।
राप्रपा धादिङले जिल्ला अधिबेशनमा निर्वाचित २९ जना र विधान अनुरुप मनोनित १८ जना गरी ४७ जनाको जिल्ला कमिटी बनाएको छ ।
राप्रपा धादिङले निकै रस्साकस्सी बीच गत कात्तिकमा सम्पन्न अधिवेशनबाट ध्रुब खनाल अध्यक्षसहित ३१ जना निर्वाचित भएका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया