अमेरिकामा भासिएका ‘मण्डले’को मुख चिलायो, गगन थापासहित दलहरूको अपमान गरे

काठमाडौं । नेपाली मूलका अमेरिकन नागरिक एवम् कलाकार रामप्रसाद खनालले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको तस्वीर सामाजिक सञ्जालमा राखेर अपमान गरेका छन् ।

अमेरिकामा ग्रिनकार्ड लिएर पूरै परिवारसहित लामो समयदेखि बस्दै आएका खनालले गगनसहितका राजनीतिक दलका नेताहरूलाई मानमर्दन हुने गरी लेखेका छन् ।

विगतमा कम्युनिस्ट पृष्ठभूमिका खनाल तत्कालीन राजा ज्ञानेन्द्र शाहको सक्रिय शासनकालमा ज्ञानेन्द्रको भक्तिगान गर्दै हिँड्ने गरेका थिए ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहको गुणगान गाएर कमाएपछि खनाल नेपाललाई छाडेर अमेरिका भासिएका हुन् । अमेरिकामा बसेर अहिले पनि राजनीतिक दलका नेताहरूलाई गाली गलौज गरिरहेका छन् ।

गगन थापाहरू जस्ता ती नेताहरूकै कारण खनालहरू जस्ता अबसरवादी मण्डलेले बोल्न र लेख्न पाएका छन् ।

गगन थापाको तस्वीर फेसबुकमा राखेर ‘मण्डले’ खनालले लेखेका छन्, ‘ढुङ्गा हान्दै गरेका उहाँलाई चिन्नु भो ? उहाँ र उहाँहरू जस्तै राजनेताकै सिको गर्दैछन् अहिलेका युवा र विद्यार्थी पनि ।’

‘आखिर भोलि यिनलाई पनि उहाँहरू जस्तै ठूलो नेता बन्न मन छ रे त्यही भएर बाटा घाटाका ढुङ्गा, इट्टा, ब्लक उक्काएर प्रहरीमाथि जाइलाग्या रे’, खनालले लेखेका छन् ।

‘गलत काम जसले जहिले गरे पनि त्यो गलत नै हुन्छ’, उनले भनेका छन्, ‘कुनै एउटा पार्टीको नेता र आफूले समर्थन गरेको पार्टीको नेताले गरे राम्रो र अशल काम हुने अर्को पार्टी, फरक बिचारको नेताले वा कार्यकर्ताले गरे गलत काम हुने यो कस्तो मुल्याङ्कन हो हामी नेपालीहरूको ! आश्चर्य लाग्छ ।’

उनले भनेका छन्, ‘झापामा टाउका काट्नेदेखि १७ हजारका घाँटी निमोठ्ने र यिनलाई बोक्ने, बोकिनेहरू कोही दुधले नुहाएका छैनन ।’

‘ढुङ्गा हान्ने राजनीतिलाई कहिलै समर्थन गर्न सकिन्न किनकी हामी कसैका दाश बन्नु हुँदैन’, उनले भनेका छन्, ‘राम्रो गर्नेलाई राम्रो र नराम्रो गर्नेलाई नराम्रो भनिन्छ त्यो पनि इश्यु वाइज हेरेर । बिबेक र स्वाभिमान बेचेर राजनीतिक गुलाम बन्न ज्यान जाला सकिन्न ।’

‘खुन र पसिना सिँचेर र कर्म गरेर खानु छ किन गर्नु राजनीतिक गुलामी ? सत्य तितो हुन्छ है’, खनालले लेखेका छन् ।

Published : Wednesday, 2022 February 23, 9:19 am

फेसबुकबाट तपाईको प्रतिक्रिया