ओलीमाथि ढुंगा हान्ने गिरोहलाई गृह मन्त्रालयले कारबाही गर्ने

काठमाडौं । एमाले अध्यक्ष खड्गप्रसाद ओलीको गाडीमा अवरोध पुर्‍याइ ढुंगा प्रहार गर्नेसम्मको हर्कत गरेको भन्दै ध्यानकर्षण भएको जनाएको छ ।

बुधबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर त्यस्ता घटनामा संलग्न व्यक्तिहरू छानविनको क्रममा समेत रहेको जनाएको छ ।

एमसीसीको विरोधका क्रममा बानेश्वरमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली सवार गाडीमा आइतबार ढुंगा प्रहार भएको थियो ।

मन्त्रालयले प्रदर्शनको नाममा सामाजिक जीवनलाई अवरोध पु¥याउने कामहरू भएको भन्दै सो कार्य नगर्न चेतावनी दिएको छ ।

सांसदहरूलाई समेत संसद भवनमा आवागमनको क्रममा अवरोध गर्ने र अपमान गर्ने गतिविधि देखिएकाले त्यस्ता कार्य नगर्न गृह मन्त्रालयले सचेत गराएको छ ।

संवैधानिक र कानूनी हकको उपयोग गर्दै शान्तिपूर्ण प्रदर्शन प्रति नेपाल सरकार र सुरक्षाकर्मीबाट उच्च संयमता अपनाइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आन्दोलनका नाममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड गर्ने र हिंसाजन्य गतिविधिबाट नागरिकको स्वतन्त्रतापूर्वक जिउने हकमा बाधा पुर्‍याउने कार्य नगरिदिन सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

Published : Tuesday, 2022 February 22, 10:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया