यी १२ जना प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
काठमाडौं । नेपाल प्रहरीका १२ जना जवान सम्पर्क बाहिर गएका छन् ।
प्रहरी प्रधान कार्यालयले ती १२ जना जवानलाई हाजिर हुन आउन सात दिने म्याद दिएको छ ।
आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा पनि सम्पर्कमा नआएको भन्दै प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ ।
बाटोको म्यादबाहेक सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरिएको छ ।
सात दिनभित्र पनि सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ ।
सम्पर्क बिहीन हुनेहरूमा प्रहरी जवानहरू राजकुमार शाह, डिलबहादुर पुन मगर, विजेन्द्र कार्की, आशाराम महतो, बुद्धबीर तामाङ र मुस्कान बान्तवा छन् ।
विष्णु विक, अर्जुन पुन, रामचन्द्र जोशी, गणेशसिंह धामी, केशव बुढाथोकी र पवन विक पनि सम्पर्कमा छैनन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया