उच्च अदालत पाटनले साँढे मन्त्रीको झुठ पकड्यो, बतास समूहलाई राहत
काठमाडौं । नेपाल–भारत मैत्री पशुपति धर्मशाला करार सम्झौतानुसार सञ्चालन गर्न पशुपति क्षेत्र विकास कोषबाट कुनै पनि अवरोध नभएको र सम्झौता रद्द गर्ने कुनै पनि निर्णय नभइसकेको हुँदा होटल आनन्द प्रालिले दायर गरेको रिटमा अन्तरिम आदेश जारी नगर्नुपर्ने भन्दै उच्च अदालत पाटनले यसअघि दिएको अन्तरिम आदेश खारेज गरेको छ ।
उच्च अदालत पाटनका न्यायाधीश हरिप्रसाद भण्डारी र महेन्द्रनाथ उपाध्यायको संयुक्त इजलासले करार सम्झौता बमोजिमको कार्य गर्नमा कुनै रोक वा प्रतिबन्ध लगाउनेसम्मको अवस्था विपक्षीबाट सिर्जना भएको भन्ने स्थिति निवेदन लेखबाट नदेखिएको सन्दर्भ समेतबाट निवेदकको निवेदन मागबमोजिम अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश जारी गरेको हो ।
२०७६ वैशाख ३० गते सम्पन्न करार सम्झौता बमोजिमको करारिय रहेको निवेदक र विपक्षबीच सम्झौता बमोजिम कार्य भए/नभएको सम्बन्धमा सम्झौता बमोजिम जाँचबुझका लागि छानबिन समिति गठन भएको अदालतको ठहर छ ।
तर, काममा अवरोध गर्न र काममा अवरोध गर्ने कुनै निर्णय नभएको हुँदा अन्तरिम आदेश दिइरहनु नपर्ने अदालतको ब्याख्या छ ।
होटल आनन्द प्रालिले करार सम्झौतानुसार काम गरिरहेको अवस्थामा छानबिन समिति गठन गरी विभिन्न प्रचारबाजी गरि सम्झौता रद्द गर्न सक्ने प्रकारको सूचना प्रवाहित भएपछि सोही आशंकालाई लिएर रिट दायर गरेको थियो ।
आशंकाकै भरमा निवेदन आएको हुँदा र निर्णय कुनै पनि नभएको कारण अन्तरिम आदेश खारेज गरेको हो ।
पशुपति क्षेत्र विकास कोषले केही दिन अगाडि सम्झौता रद्द किन नगर्ने भनी होटल आनन्द प्रालिसँग स्पष्टीकरण सोधेपछि उक्त विषयमा पनि उच्च अदालत पाटनमा रिट दर्ता भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आलेले बतास समूहको होेटेल आनन्दसँगको सम्झौता खारेजी, काम गर्न अबरोध आदि गरेको भनेर सञ्चारमाध्यममा बबण्डर मच्चाएका थिए । अदालतको यो आदेशले मन्त्री आलेको झुठ पकडिएको छ ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया