ढकालले पाए वैदेशिक रोजगार व्यवसायी संघको जिम्मेवारी, पुरानो कार्यसमिति भङ्ग

काठमाडौं । नेपाल वैदेशिक रोजगार ब्यवसायी संघको जिम्मेवारी पूर्वअध्यक्ष समेत रहेका विमल ढकालले पाएका छन् ।

वरिष्ठ वैदेशिक रोजगार ब्यवसायी समेत रहेका ढकाललाई काठमाडौं जिल्ला प्रशासन कार्यालयले नयाँ कार्यसमितिको निर्वाचन गराउन जिम्मेवारी दिएको हो ।

संयोजक ढकालले निर्वाचन नभएसम्मका लागि संघको कार्यसमिति बनाएर कार्य सञ्चालन गर्नेछन् । काठमाडौं जिल्ला प्रशासन कार्यालयले पुरानो कार्यसमितिलाई भङ्ग गरिदिएको छ ।

संघको अध्यक्षको जिम्मेवारी पाएका ढकालले सबै व्यवसायीहरूसँग परामर्श गरेर छिटोभन्दा छिटो साधारण सभा गरेर नयाँ कार्यसमिति चयन गरिने बताएका छन् । उनले व्यवसायीहरूकै परामर्शमा आफू अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

हालको कार्यसमितिले साधारण सभामार्फत नयाँ कार्यसमिति तोकिएको समयमा बनाउन नसकेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले संघको विधानअनुसार ढकाललाई जिम्मेवारी दिएको हो ।

नेपाली कांग्रेस निकट मानिने ढकाल यसअघि संघको अध्यक्षको जिम्मेवारी लिइसकेका छन् ।

संघका अध्यक्ष विष्णु गैरेको निधन भएपछि कार्यबाहकले जिम्मेवारी सञ्चालन गर्दै आएका थिए ।

Published : Tuesday, 2022 February 22, 8:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया