यी १८ जना एसपीहरुको सरुवा, को कहाँ पुगे ?
काठमाडौं । नेपाल प्रहरीले १८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ ।
आइतबार प्रहरी प्रधान कार्यालयले फागुन महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी एसपीहरूको सरुवा गरेको हो ।
एसपीहरु कमल थापा (सीआईबी), कृष्णबहादुर पल्ली मगर (प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह पश्चिम नवलपरासी), केदार खनाल (जिल्ला प्रहरी कार्यालय गोरखा), गङ्गा पन्त (काठमाडौं उपत्यका प्रहरी कार्यालय तालिम शाखा, रानीपोखरी), गोपालचन्द्र भट्टराई (नेपाल प्रहरी विशेष सुरक्षा गण तनहुँ)को सरुवा भएको छ ।
गोविन्द थपलिया (बागमती प्रदेश प्रहरी गण, हेटौँडा), डा.मनोजकुमार केसी (बाग्मती प्रदेश प्रहरी हेटौँडा, मानव स्रोत व्यवस्थापन महाशाखा), तुलबहादुर कार्की (नेपाल प्रहरीको विशेष सुरक्षा गण, दुहवी), दयानिधि ज्ञवाली (जिल्ला प्रहरी कार्यालय बाग्लुङ), दानबहादुर मल्ल (मानव बेचविखन अनुसन्धान व्यूरो अनुसन्धान व्यवस्थापन महाशाखा), दीपककुमार बस्नेत (जिल्ला प्रहरी कार्यालय गुल्मी), नकुल पोखरेल (१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरको सरुवा भएको छ ।
विमलराज कँडेल (जिल्ला प्रहरी कार्यालय सिन्धुली), वीरबहादुर ओली (नेपाल प्रहरीको विशेष सुरक्षा गण, हेटौँडा), रविन्द्र रेग्मी (जिल्ला प्रहरी कार्यालय रुपन्देही), लक्ष्मीराज अधिकारी (जिल्ला प्रहरी कार्यालय धनकुटा), शारदाप्रसाद चौधरी (जिल्ला प्रहरी कार्यालय डोटी) र शेखर खनाल (सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, प्रहरी शाखा)को सरुवा भएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया