सुनसरीमा निःशुल्क स्वास्थ्य परीक्षण संचालन हुने, कांग्रेसका कार्कीले उद्घाटन गर्ने
काठमाडौं । खातुन केयर फाउण्डेशन, नेपालले फागुन १३ गते काठमाडौका ख्यातिप्राप्त विशेषज्ञ डाक्टरहरुद्धारा निःशुल्क स्वास्थ्य परीक्षण, औषधि वितरण तथा दीर्घकालीन रोगीहरुलाई निःशुल्क परामर्श सेवा समेत संचालन गर्ने भएको छ ।
नेपाली कांग्रेस सुनसरी क्षेत्र नं.४ का सांसद एवं नेपाल सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आथित्यमा संचालन हुने निःशुल्क स्वास्थ्य शिविर हुनेछ ।
शिविर सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको वडा नं.४ चिरौली चौकमा रहेको श्री पृथ्वी नारायण निमाविको प्राङगणमा बिहान १० बजे देखि ४ बजे सम्म संचालन गरिने आयोजक संस्थाले जनाएको छ ।
समयमै लक्षण नभएको दीर्घकालीन रोगहरु जस्तै सुगर (मधुमेह) , प्रसेर मुटु, आँखा तथा किड्नी रोगको साथै स्त्री रोग, बच्चा विभाग, हार्डजोर्नी, सर्जरी लगायतको परीक्षण गरिने डा.अबुल हुसैन अन्सारीले जानकारी दिए ।
दीर्घकालीन रोगीहरुले विशेषज्ञसँग निःशुल्क परामर्श समेत दिइनेछ । निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श दिनका लागि काठमाडौंका ख्यातिप्राप्त विशेषज्ञ डाक्टरहरुमा नेपालकै पहिलो महिला इमर्जेन्सी मेडिसिन विशेषज्ञ डा.इमराना खातुन (अध्यक्ष, खातुन केयर फाउण्डेशन, नेपाल) हाल कार्यरत नर्भिक इन्टरनेशनल हस्पिटल, काठमाडौं, पाटन अस्पतालका क्यान्सर रोग विशेषज्ञ युरोपियन सर्टीफाइड मेडिकल ओरकोलोजिस्ट डा. अरुन शाही, महिला तथा प्रसुति रोग विशेषज्ञ डा. बिभूति शाही, मानव अङग प्रत्यारोपण केन्द्र, भक्तपुरका पल्मोनरी मेडिसिन, छाती रोग विशेषज्ञ डा.राजेश किशोर यादव, पेट आन्द्रा मलाशय तथा मलद्धार रोग विशेषज्ञ डा. राकेश साह, बाल रोग विशेषज्ञ डा.शिरिश शिलवाल, वीर अस्पतालका डा.मामुन रसिद लगायतकाले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिने अयान हेल्थ केयर अनमोल हेल्थ केयरका अध्यक्ष डा.अन्सारीले जानकारी दिए ।
खातुन केयर फाउण्डशन नेपालले संचालन गर्न लागेको निःशुल्क स्वास्थ्य शिविरले सुनसरी क्षेत्र नं.४ र आसपासका जनताहरुका लागि जीवन दानमा ठूलो महत्वपूर्ण भूमिका खेल्ने हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीले बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया