घोराहीमा यी दुई युवतीले ईन्द्रकुमारीको ज्यान लिए

घोराही । दाङको घोराही उपमहानगरपालिका वडा नं. १९ खानीगाउँमा ५५ वर्षीया ईन्द्रकुमारी घर्तीको हत्या अभियोगमा दुई जना महिलाहरु परेका छन् ।

फागुन ४ गते बिहान छिमेकीको घरमा न्वारन खान गई सोही दिन रातिसम्म पनि घरमा नआएपछि घरका आफन्तहरुले खोजतलास गर्ने क्रममा फागुन ५ गते बिहान करीव ८ बजे ईन्द्रकुमारीको शव घरदेखि नजिकै रहेको खोल्सामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङबाट जारी विज्ञप्तीमा उल्लेख छ ।

ईन्द्रकुमारीको शव रगताम्य अवस्थामा फेला परेको थियो । प्रहरी निरीक्षक झबिन्द्र परियार नेतृत्वको टोलीले अनुसन्धान गरी मृतक सासु र बुहारी २३ वर्षीय बसन्ती घर्तीबीच घरायसी विवादका कारण बसन्ती घर्तीले मृतक ईन्द्रकुमारी घर्तीको टाउकोमा काठको मुंग्रोले हिर्काएकी थिइन् ।

ईन्द्रकुमारी अचेत भएपछि छिमेकी २२ वर्षीय दुर्गा घर्तीको सहयोगमा दुबै जना मिली घर नजिकैको बारीको ढिकबाट खोल्सोमा खसाली हत्या गरेको पक्राउ परेकी बसन्ती र दुर्गाले प्रहरी समक्ष प्रारम्भीक बयान दिएका छन् ।

बसन्ती र दुर्गालाई पक्राउ गरेर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Sunday, 2022 February 20, 7:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया