निर्वाचनमा केन्द्रित हुने हो, कांग्रेसको जित सुनिश्चित छ : उप-सभापति खनाल

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उप-सभापति एवम् पूर्वसांसद राजु खनालले स्थानीय तहसहितका निर्वाचनहरु लगातार आउन लागेको भन्दै त्यसमा केन्द्रित हुन अपील गरेका छन् ।

शनिबार प्यूठानमा नेपाली कांग्रेस प्यूठानले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसांसद खनालले पार्टीका उम्मेदवारहरुलाई जिताउनुपर्ने बताए । उनले ‘स्थानीय तहको निर्वाचन आउँदैछ । यो निर्वाचनमा कांग्रेसका उम्मेदवाहरुलाई जिताउनुपर्छ । त्यसमा हामी केन्द्रित हुनुपर्छ ।’

कांग्रेसको विचारलाई कम्युनिस्टले कहिल्यै पनि पच्छ्याउन नसक्ने उपसभाति खनालको भनाइ छ । उनले भने, ‘कांग्रेसले कम्युनिस्ट जस्तो झुठ बोल्न जान्दैन । हामी आफ्नो सिद्धान्तप्रति इमान्दार छौं । कम्युनिस्ट जस्तो छैनौं ।’

प्यूठान जिल्लामा कम्युनिस्टले कांग्रेसप्रति जहिले पनि शत्रुको व्यवहार गर्ने गरेको खनालले आरोप लगाए । विगतमा कांग्रेसलाई राजनीतिक कार्यक्रम गर्न कम्युनिस्टका कारण प्यूठानमा समस्या भएको स्मरण गरेका उनले भने, ‘अहिले त्यो अवस्था छैन । प्यूठानका कार्यकर्ताले कांग्रेसलाई बलियो बनाउँदै ल्याउनु भएको छ ।’

उपसभापति खनालले कम्युनिस्टले प्यूठान होस् वा देशका कुनै पनि स्थानमा कांग्रेसमाथि अन्यायपूर्ण व्यवहार गरे भने त्यसको कठोर प्रतिवाद हुन् बताए ।

कम्युनिस्टहरुलाई दुईतिहाइको बहुमत दिँदा पनि काम गर्न नसकेर साढे तीन वर्षमा नै कांग्रेसलाई सत्ता सुम्पिएको बताएका खनालले बाध्यताले मुलुकको नेतृत्व लिनुपर्नेको बताए । कम्युनिस्टले तहस नहस बनाएको मुलुकलाई कांग्रेसले सुधारतर्फ लगेको उनले बताएका छन् ।

कम्युनिस्टहरुले कोरोना महामारीका बेला भ्रष्टाचार गरेको भन्दै उनले जनताको जीवन बचाउने बेला कमाउ धन्दामा लागेको आरोप लगाए ।

उपसभापति खनालले कांग्रेसको १४औँ महाधिवेशन सम्पन्न भइसकेको अवस्थामा सबै नेता कार्यकर्ताहरु मिलेर अगाडि बढ्नुपर्ने बताए । उनले कांग्रेसको नेतृत्व निकै लोकतान्त्रिक प्रक्रियाबाट आएको समेत बताए ।

कार्यक्रममा केन्द्रीय सदस्य डा.गोविन्द पोखरेल, जिल्ला सभापति विष्णुकमार गिरी, क्षेत्रीय सभपातिहरु सभाति रोज राणा र टेकबहादुर भण्डारीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेताहरु सुवास केसी, अमरप्रसाद भण्डारी, साधना रावत, सुवास केसी (सदस्य), शालिग्राम पण्डित, देवेन्द्र बर्मा, ईश्वरसिंह विष्ट, टोपाराम कालाथोकी, एनपी मगर, नारायण ज्ञवाली, प्रमोद पोखरेल, हुकुमबहादुर विष्ट, ईश्वरी रेग्मी, बद्री लम्साल, शिव रिजाललगायतको पनि उपस्थिति रहेको थियो ।

Published : Saturday, 2022 February 19, 5:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया