कांग्रेस नेता बस्नेतद्वारा ठोकर्पा अस्पतालमा ठूलो अक्सिजन प्लान्ट जडान
बाह्रबिसे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले गृहजिल्ला सिन्धुपाल्चोकको ठोकर्पा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिदिएका छन् ।
नेता बस्नेतको विशेष पहलमा दैनिक ४३ सिलिन्डर अक्सिजन उत्पादन क्षमता भएको अक्सिजन प्लान्ट स्थापना गरिएको हो ।
सिन्धुपाल्चोक जिल्लाका सर्वसाधारणलाई उपचारमा राहत दिने उदेश्यले अक्सिजन प्लान्ट स्थापना गरिएको नेता बस्नेतले बताएका छन् । उनले सिन्धुपाल्चोकका जनतालाई उपचारका क्रममा अक्सिजन पाएन भनेर मृत्यु हुने अवस्था नआओस् भनेर अक्सिजन प्लान्ट स्थापना गरिएको बताए ।
सुनकोशी गाउँपालिका, क्षमादेवी ग्रुपका अध्यक्ष राजकुमार बस्नेत, नेपाली कांग्रेस सिन्धुपाल्चोकका जुझारु नेता एवम् महाधिवेशन प्रतिनिधि पासाङ नोर्बु लामा, नेपाल क्रेडिट एण्ड कमर्श बैंकको आर्थिक सहयोग, कांग्रेसका नेता, कार्यकर्ता तथा साथीहरूको सक्रियतामा अक्सिजन प्लान्ट स्थापना गरिएको बस्नेतले बताए ।
नेता बस्नेतले अक्सिजन प्लान्ट स्थापनाका लागि सहयोग गर्ने सबैलाई धन्यावाद दिएका छन् ।
सो अक्सिजन प्लान्टले दैनिक ४३ सिलिण्डर अक्सिजन उत्पादन क्षमता राख्छ । अस्पताललाई प्रयोग भएर बचेको अक्सिजन सिलिण्डरमा जिल्लाकै अन्य अस्पतालहरूमा पनि पठाइने नेता बस्नेतले बताए ।
हुन त नेता बस्नेतले कोरोना महामारी होस् वा प्राकृतिक विपत्तीका बेला सिन्धुपाल्चोकमा आफै खटिएर सहयोग गर्दै आएका छन् । उनले स्वास्थ्य सामग्रीदेखि खाद्यान्न वितरण, आर्थिक सहयोगलगायतका सहायता गर्दै आएका छन् ।
नेता बस्नेतको पहलमा सिन्धुपाल्चोकको थुप्रै विद्यार्थीले काठमाडौंमा निःशुल्क अध्ययन गर्दै आएका छन् ।
उनले ऐम्बुलेन्स चालकहरू, स्वास्थ्यकर्मीलगायतको स्वास्थ्य बीमा पनि गरिदिएका थिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया