अष्ट्रेलियामा बसेकी युवतीको अश्लील फोटो फेसबुकमा हाल्ने श्रेष्ठ बुटवलमा पक्राउ
काठमाडौं । विदेशमा अध्ययनरत नेपाली युवतीको सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने २५ वर्षीय राजन श्रेष्ठ ‘एलिस’ पक्राउ परेका छन् ।
रुपन्देहीको बुटवल उप–महानगरपालिका–११ देवीनगर बस्ने श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
श्रेष्ठले अध्ययनको शिलशिलामा अष्ट्रेलियामा रहेकी नेपाली युवतीको सामाजिक सञ्चाल फेसबुकमा फेक प्रोफाइल बनाई अश्लीत तस्वीर र भिडियो पोष्ट गरी अश्लील स्टाटस लेखेर पीडितका आफन्त लगायत साथीहरूलाई सेयर गरी चरित्र हत्या गर्ने कार्य गरेका थिए ।
प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया