विप्लवको अबैध धुन्धुकारी समूहद्वारा नेपाल बन्द आह्वान, अराजक हर्कत गरे सडकमै धुलो चटाइदिने
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नामक समूहले नेपाल बन्दको आह्वान गरेको छ ।
विप्लव समूहले आकश्मिक रुपमा बुधबार नेपाल बन्द आह्वान गरेपछि विरोध भएको छ । विप्लवको पार्टी निर्वाचन आयोगमा दर्ता छैन । कानूनी रुपमा दर्ता नभएको समूहले नेपाल बन्द गरेर जनतालाई दुःख दिन थालेको छ ।
बेलाबेला यो समूहले जनतालाई समस्यामा पार्दै आएको छ । विप्लव समूहले एमसीसीको विरोधमा मंगलबार साँझ अचानक बन्दको घोषणा गरेपछि सर्वसाधारणले सामाजिक सञ्जालमा आलोचना गरेका छन् ।
सामाजिक सञ्जालमा विप्लव समूहको नेपाल बन्दलाई असफल बनाउन अपील गरेका छन् ।
बुधबार विप्लवका कार्यकर्ताले अराजक हर्कत गरेर उत्तेजित हुने कार्य गरेमा सडकमै भाटे कारबाही गरेर लखेट्न अपील गरिएको छ ।
विप्लव समूहको बन्दलाई केही झिनामसिना नामै नसुनिएका कम्युनिस्ट पार्टीहरूले पनि साथ दिएका छन् ।
नेपालको विकासका लागि आउन लागेको एमसीसी सहयोगको विारेध गर्दै आएका यी कम्युनिस्टहरूलाई चीनले पैसा दिएर विरोधमा उतारेको आरोप छ ।
विप्लवले शान्तिपूर्ण आन्दोलनको कार्यक्रम आह्वान गर्ने हो भने दुई सय मानिस आउँदैनन् । मान्छे नआउने डरले गर्दा विप्लव समूहले नेपाल बन्द जस्ता अशान्ति हुने आन्दोलन गरेर जनतालाई डराएर आतंकित बनाउँदै आएको छ ।
विप्लवको हर्कत र गतिविधि जनताले राम्रोसँग बुझेका छन् । चीन समर्थक यी साना कम्युनिस्टको नेपालमा दाल गल्नेवाला छैन ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया