सरकारद्वारा यी एघार जना सह–सचिवको सरुवा
काठमाडौं । सरकारले ११ जना सह–सचिवको सरुवा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मंगलबार मन्त्रिस्तरीय निर्णय गर्दै ११ जना सह–सचिवको सरुवा गरेका हुन् ।
सहसचिव खेमराज कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको छ ।
टुवराज पोखरेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सुदूरपश्चिम प्रदेशमा सरुवा भएको छ ।
कृष्णप्रसाद काप्रीलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, लीलाप्रसाद शर्मालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र विनु बज्राचार्य कुँवरलाई राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरिएको छ ।
मेघनाथ तिमल्सेनाको कृषि मन्त्रालय, प्रदेश नं. १, डा.रामनन्दन तिवारीको कृषि तथा पशुपन्छी विकास मन्त्रालय, सेवन्तराज दाहालको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कृष्णप्रसाद काप्रीको शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयमा सरुवा भएको छ ।


बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया