रामचन्द्र पौडेलको कुराले एमाले ठहरै भयो

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतका चार न्यायाधीशविरुद्ध एमालेले महाभियोग प्रस्ताव ल्याउन नमिल्ने बताएका छन् ।

सोमबार काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै पौडेलले संसद् विघटनको मुद्दामा आफूलाई हराएबापत सर्वोच्चको निर्णयविपरीत एमालेले महाभियोग प्रस्ताव ल्याउन नमिल्ने बताए ।

उनले भने, ‘खै, अब उहाँहरूले त्यो प्रस्ताव ल्याउनुहोला जस्तो लाग्दैन । त्यो प्रस्ताव ल्याउनुहोला भन्ने विश्वास छैन ।’

‘एउटा कुरा के हो भने आफूलाई मुद्दा हराएबापत महाभियोग ल्याउन पाइँदैन’, उनले भने, ‘त्योचाहिँ सरासर अनुचित हो । किनभने, मुद्दाको हकमा सर्वोच्चको निर्णय नै अन्तिम हुन्छ । त्यसलाई चुनौती दिनुहुँदैन, त्यो पाइँदैन ।’

कांग्रेसका नेता पौडेलले आफूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सम्मानजनक बहिर्गमनका लागि राजीनामा दिन पटक–पटक सुझाव दिएको बताएका छन् ।

Published : Tuesday, 2022 February 15, 9:07 am

फेसबुकबाट तपाईको प्रतिक्रिया