चुनाव आउने बेला सभामुखका कार्यकर्ता कांग्रेसमा प्रवेश, बस्नेतद्वारा भव्य स्वागत
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा एमाले, माओवादी र राप्रपाका स्थानीय नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका– ४ मा सोमबार आयोजित कार्यक्रममा केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले करीव १५० जनालाई पार्टीमा प्रवेश गराएको युवा नेता मीनकृष्ण महर्जनले जानकारी दिए ।
नेता बस्नेतले नवप्रवेशीहरूलाई कांग्रेसमा रहेर जनताको सेवामा लाग्न आग्रह गरे । उनले सिन्धुपाल्चोक जिल्लाको विकास र जनताको काम कांग्रेसले मात्रै गर्ने बताए ।
आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई चुनाव चिन्ह रुखमा मतदान गरेर विजयी बनाउन अपील पनि गरेका छन् ।
कार्यक्रममा भोटेकोशी गाउँपालिका अन्तर्गतका सम्पूर्ण वडाका घरपरिवार, विद्यालय, क्याम्पस, राष्ट्रसेवक कर्मचारी लगायतलाई प्यारासिटामोल र मास्क वितरण गरिएको छ ।
जिल्लाका बाँकी ठाउँहरूका सम्पूर्ण घरपरिवार, बस्ती, स्कुल, कलेज, राष्ट्रसेवक कर्मचारी लगायत सम्पूर्णमाझ स्वास्थ्य सामग्री यथाशीघ्र पु¥याउने नेता बस्नेतले बताएका छन् ।
स्थानीय तहको निर्वाचन आउन तीन महिना बाँकी रहेका बेला माओवादी केन्द्रका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेपछि सभामुख समेत रहेका माओवादीका नेता अग्निप्रसाद सापकोटालाई तनाब भएको छ ।
नेता बस्नेतको खुट्टमा समस्या छ । तैपनि नेता बस्नेत औषधि र स्वास्थ्य सामग्री लिएर गृहजिल्ला सिन्धुपाल्चोकका गाउँहरूमा जान शुरु गरेका छन् ।










बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया