घाइते कांग्रेस नेता बस्नेतद्वारा औषधि बोकेर गृहजिल्ला आइपुगे

सिन्धुपाल्चोक । नेपाली कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लामा प्यारासिटामोल औषधि वितरण गरेका छन् ।

सिन्धुपाल्चोकको क्षेत्र नं. १ मा पूर्वमन्त्री समेत रहेका नेता बस्नेतले प्यारासिटामोल औषधि हस्तान्तरण गरेका हुन् । उनले प्यारासिटामोलका साथै स्वास्थ्य सामग्री पनि उपलब्ध गराएका छन् ।

उनले आफ्नो स्वास्थ्यभन्दा पनि जनताको स्वास्थ्यका लागि आफूले औषधि ल्याएर उपलब्ध गराएको बताए ।

भ¥याङबाट झर्ने क्रममा नेता बस्नेतको देब्रे खुट्टा मर्किएपछि प्लास्टर गरिएको छ । उनलाई चिकित्सकहरूले एक महिना आराम गर्न भनेका छन् ।

Published : Sunday, 2022 February 13, 9:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया