एमाले–राप्रपाका युवाहरू भक्तपुर तरुण दलमा प्रवेश
भक्तपुर । भक्तपुरमा एमाले र राप्रपाका युवाहरू नेपाल तरुण दलमा प्रवेश गरेका छन् ।
आइतबार भक्तपुरको सूर्यविनायक नगरपालिका–१ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले र राप्रपाका एक दर्जन युवाहरू तरुण दलमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरूलाई नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाले नेपाली कांग्रेसको सदस्यता प्रदान गरेर पार्टीमा स्वागत गरेका हुन् ।
तरुण अध्यक्ष थापाले स्थानीय तहको निर्वाचनमा कांग्रेसका आधिकारिक उम्मेदवारहरूलाई विजयी बनाउन आग्रह गरेका छन् । तरुणहरू चुनावी प्रचार–प्रसारमा लाग्दा उम्मेदवारहरूलाई विजयी बनाउन सहज हुने उनले बताए ।
नेपाल तरुण दल सूर्यविनायक नगरपालिका– १ का अध्यक्ष सुनिल थापाको सभापतित्वमा भएको कार्यक्रममा स्थानीय युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया