दाङमा स्व.खुमबहादुर खड्काको शालिक निर्माण

लमही । नेपाली कांग्रेसका नेता स्व.खुमबहादुर खड्काको शालिक स्थापना गरिएको छ ।

गृहजिल्ला दाङको अमिलियामा स्व.खड्काको पूर्णकदको शालिक स्थापना भएको हो । दाङ कांग्रेसका नेता तथा कार्यकर्ताहरूको आर्थिक सहयोगमा स्व.खड्काको शालिक स्थापना गरिएको छ ।

दाङ जिल्लाको विकासमा स्व.खड्काले ठूलो योगदान गरेका छन् । उनलाई दङ्गाली जनताले कहिल्यै भुल्ने छैनन् । केही समयपछि स्व.खड्काको शालिकको उद्घाटन गरिनेछ ।

Published : Sunday, 2022 February 13, 7:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया