कांग्रेस सांसद शाहको तलबबाट ३६ परिवारले पाए पिउने पानीको धारा

चन्द्रौटा । प्रतिनिधि सभाका सांसद एवम् नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य अभिषेकप्रताप शाहले खानेपानीको चरम संकट भोग्दै आएका चोरखोलाका ३६ घरपरिवारलाई शुद्धपिउने पानीको व्यवस्था गरिदिएका छन् ।

कपिलवस्तु जिल्लाको क्षेत्र नं. ३ को शिवराज नगरपालिका– १ चोरखोलाका जनताले लामो समयदेखि शुद्ध पिउने पानी खान पाएका थिएनन् । उनीहरूलाई पिउने पानीको चरम संकट थियो ।

कांग्रेसका युवा नेता शाहको व्यक्तिगत लगानीमा चोरखोलाका नागरिकहरूले खानेपानी पाएका हुन् । शाहले केही दिनमै खानेपानीको धाराको उद्घाटन गर्नेछन् ।

सांसद शाहले आफूले सरकारबाट पाएको तलब बापतको रकमले पिउने पानीको व्यवस्थापन गरेको उनको निजी सचिवालयले जनाएको छ ।

चोरखोलामा विद्युत् र टेलिफोन टावर लगायत अन्य समस्याहरू छन् । ती समस्यालाई शाहले समाधान गर्न पहल गर्ने बताएका छन् ।

केही दिनअघि सांसद शाहले चोरखोलामा पुगेर स्थानीय जनताको समस्याको जानकारी लिएका थिए । चोरखोला गाउँ चुरे पहाडको जंगलमा पर्छ । त्यहाँ ३६ घर परिवार बस्दै आएका छन् ।

Published : Saturday, 2022 February 12, 8:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया