दाङ कांग्रेसका नेता गोपाल नेपालीका पिताको निधन
काठमाडौं । नेपाली कांग्रेस दाङका क्रियाशील सदस्य एवम् पूर्वशिक्षक गोपाल नेपालीका पिताको निधन भएको छ ।
घोराही उप–महानगरपालिका वडा नं. ५ धर्ना निवासी कांग्रेसका नेता नेपालीका पिता केदार नेपालीको ९१ वर्षको उमेर शनिबार बिहान करीव १ बजे निधन भएको हो ।
नेपालीको शनिबार बिहान हिन्दू परम्परानुसार बबई नदीमा अन्त्यष्टि गरिएको परिवारजनले जनाएका छन् ।
स्व.नेपालीका तीन छोरा र पाँच छोरीहरू हुन् । छोराहरू लीलाधर नेपाली, गोपाल नेपाली र स्व.कृष्ण नेपाली तथा छोरीहरू हरिकला नेपाली, सावित्री नेपाली, पम्फा नेपाली, कमला नेपाली र निर्मला नेपालीहरू रहेका छन् ।
चार जना दाजुभाई र तीन जना बहिनीहरूमध्ये स्व.नेपाली सबैभन्दा जेठा हुन् । उनका अन्य तीन भाईहरू तिलके नेपाली, कले नेपाली, लोकबहादुर नेपाली, कुमारी नेपाली, डल्ली नेपाली र खिमादेवा नेपालीको निधन भइसकेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया