दाङकी शान्ताले पाइन् एमालेको विशेष जिम्मेवारी
काठमाडौं । नेकपा (एमाले)ले समानुपातिक सांसद शान्ता चौधरीलाई संसदीय दलको सचेतकको जिम्मेवारी दिएको छ ।
बालुवाटारमा बुधबार बसेको संसदीय दलको बैठकले चौधरीलाई सचेतकको जिम्मेवारी दिने निर्णय गरेको हो ।
दाङ जिल्ला निवासी चौधरी एमालेको बैकल्पिक केन्द्रीय सदस्य समेत हुन् । अघिल्लो संविधान सभामा पनि उनी समानुपातिक सांसद थिइन् ।
त्यस बेला चौधरीले संसदको प्राकृतिक स्रोत साधन समितिको सभापतिको जिम्मेवारी पाएकी थिइन् ।
दोस्रो संविधानसभाका बेला नेतृ चौधरी दाङ क्षेत्र नं. १ मा नेपाली कांग्रेसकी सांसद सुशीला चौधरीसँग पराजित भएकी थिइन् ।
Published : Wednesday, 2018 April 4, 8:31 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत