मुगुमा रावल कांग्रेसको सभापतिमा चयन

मुगु । नेपाली कांग्रेस मुगुको प्रदेश सभा निर्वाचन क्षेत्र नं. ‘ख’को सभापतिमा रामबहादुर रावल चयन भएका छन् ।

खत्याड गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष समेत रहेका कांग्रेसका युवा नेता रावल सभापतिमा चयन भएपछि मुगुमा खुसीयाली छाएको छ ।

सभापतिमा रावलले आफूले कसैलाई पनि काखा र पाखा नगरेर काम गर्ने बताएका छन् । उनले आगामी निर्वाचनमा कांग्रेसले मुगुमा क्लिन स्वीप गर्ने बताएका छन् ।

Published : Saturday, 2021 October 2, 1:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया