बाग्लुङका ९ स्थानीय तहमा यी हुन् कांग्रेसका सभापतिहरू
बाग्लुङ । बाग्लुङ जिल्लाको ९ वटा स्थानीय तहहरूमा नेपाली कांग्रेसका सभापतिहरूसहितका कार्यसमिति र प्रतिनिधिहरू चयन भएका छन् ।
गाउँ/नगर अधिवेशनबाट बाग्लुङ नगरपालिकाको सभापतिमा उमाकान्त शर्मा ‘बाबु’ चयन भएको नेपाल तरुण दल बाग्लुङका कोषाध्यक्ष देवेन्द्रकुमार घर्ती मगरले जानकारी दिएका छन् । जैमिनी नगरपालिकाको सभापतिमा प्रेम सापकोटा चयन भएका छन् ।
काठेखोला गाउँपालिकाको सभापतिमा यमदत्त कँडेल चयन भएका छन् । ढोरपाटन नगरपालिकाको सभापतिमा धनबहादुर कायत, बडिगाड गाउँपालिकाको सभापतिमा कृष्ण गुरुङ र निसिखोला गाउँपालिकाको सभापतिमा सूर्यबहादुर घर्ती चयन भएका छन् ।
गलकोट नगरपालिकाको सभापतिमा वीरजंग भण्डारी, ताराखोला गाउँपालिकाको सभापतिमा कमलापती पाठक र तमानखोला गाउँपालिकाको सभापतिमा लीला छन्त्याल चयन भएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया