यस कारण काठमाडौं आएका हुन् भारतीय विदेश मन्त्रालयका सह–सचिव
काठमाडौं । नेपाल र भारतले काठमाडौंमा भूकम्पपछिको पुनर्निर्माण सम्बन्धि संयुक्त परियोजना अनुगमन समिति (जेपीएमसी)मा समीक्षा गरेका छन् ।
बिहीबार काठमाडौंमा सम्पन्न जेपीएमसीको बैठकमा भारत सरकारको विदेश मन्त्रालय (उत्तरी महाशाखा) का सह–सचिव अनुराग श्रीवास्तव र नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारीको सह–अध्यक्षतामा सम्पन्न भएको भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
भारत सरकारको सहयोगमा नेपालमा संचालित भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरूको प्रगतिको समीक्षा गर्न सन् २०१७ अगस्टमा संयुक्त परियोजना अनुगमन समिति (जेपीएमसी) संयन्त्रको स्थापना भएको थियो ।
बैठकमा नेपाल सरकारका सम्बन्धित मन्त्रालय, विभाग एवम् निकायका प्रतिनिधि, भारत सरकारका अधिकारी, परामर्शदाता तथा परियोजनाको कार्यान्वयनमा संलग्न सरोकारवालाहरूको उपस्थिति थियो ।
यसअघि जेपीएमसीको बैठक २०७६ फागुन २५ गते भएको थियो ।
बैठकले भारत सरकारको सहयोगमा नेपालका आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदाको क्षेत्रमा संचालित भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरूको प्रगतिको बृहत समीक्षा गरेको छ ।
आवासको क्षेत्रमा भारत सरकारको आर्थिक सहयोगमा गोरखा र नुवाकोट जिल्लामा सफलतापूर्वक ५० हजार निजी घरको पुनर्निर्माण भएकोमा बैठकमा दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका थिए ।
दुवै पक्षले शिक्षा, सांस्कृतिक सम्पदा र स्वास्थ्यको क्षेत्रमा अघि बढिरहेका पुनर्निर्माण परियोजनाहरूमा भएको प्रगतिको सराहना गरेका थिए । जेपीएमसीको अर्को बैठक दुवै पक्षलाई पायक पर्ने मितिमा गर्ने सहमति भएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया