ओलीले पेलेर राखेका यी ४४ उप–सचिवलाई देउवाले दिए न्याय
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४४ जना उप–सचिवहरूको सरुवा गरेको छ ।
सरुवा हुनेमा गृह मन्त्रालयका उप–सचिवहरू पनि छन् । १६ जनालाई विभिन्न निकायबाट गृहमन्त्रालय ल्याइएको छ ।
गृह मन्त्रालयका १६ जना उप–सचिवहरूलाई अन्यत्र सरुवा गरिएको सूचीमा उल्लेख छ ।
गृह मन्त्रालय बाहेकका १२ उप–सचिवको संघ, प्रदेश र स्थानीय तहमा सरुवा गरिएको छ ।
सरुवा हुनेमा एमालेको पालामा गृहसहितका मन्त्रालय र आकर्षक स्थानमा बसेर हालिमुहाली गरेका उप–सचिवहरू छन् । संघीय मन्त्रालयले कांग्रेस समर्थक भएकै कारण अवसर नपाएका उप–सचिवहरूलाई यस पटक अवसर दिएको छ ।
तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले कांग्रेस समर्थक उप–सचिवहरूलाई आकर्षक स्थानबाट हटाएर एमाले समर्थक उप–सचिवहरूलाई सरुवा गरेर ल्याएका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले योग्यता र क्षमता भएका उप–सचिवहरूलाई जिम्मेवारी दिएर न्याय दिएका हुन् ।




बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया