एसपी भट्टराईले पाल्पामा चन्दा असुल्ने गिरोहको दशैं बिगारिदिए
पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले अबैध रुपमा अनधिकृत रुपमा चन्दा उठाउने ५ जनाको गिरोहलाई पक्राउ गरेको छ ।
पाल्पाका प्रहरी प्रमुख एवम् एसपी सन्तोषकुमार भट्टराईले तानसेन नगरपालिका– ६ मा रहेको करुवा होटेलमा लुकेर बसेका ५ जनालाई सोमबार राति पक्राउ गरेको जानकारी दिए ।
पक्राउ पर्नेमा गोरखा जिल्लाको पालुङटार नगरपालिका– ७ का ३६ वर्षीय दीपक भन्ने प्रदीप गुरुङ, मोरङको उर्लाबारी नगरपालिका– ९ का ३३ वर्षीय धनबहादुर विश्वकर्मा, पथरीशनिश्चरे नगरपालिका– ९ का ४३ वर्षीय राजेश खरेल, झापाको कनकाई नगरपालिका – ४ का ३८ वर्षीय केदार बिक र कनकाई नगरपालिका– ३ का ४६ वर्षीय सूर्य विश्वकर्मा रहेका छन् ।
पक्राउ परेको समूहले सहयोग रसिद बनाएर मिर्गौला पीडितका लागि चन्दा पैसा उठाउने गरेका थिए ।
उनीहरू बसेको होटेलको कोठामा प्रहरीले छापामारेर सामाजिक सहयोग अभियान नेपालको नाममा रहेको विभिन्न सहयोग रसिद र अबैध रुपमा संकलन गरिएको चन्दा रकम २१ हजार २ सय ५५ रुपियाँ बरामद गरिएको एसपी भट्टराईले जानकारी दिएका छन् ।
पक्राउ परेका ४ जनालाई जिल्ला अदालत पाल्पामा पेश गरेर अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको छ । दशैंको बेला मिर्गौला रोगीका नाममा चन्दा असुली गर्ने गिरोहको दशैं एसपी भट्टराईले बिग्रारी दिएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया