झापाका स्थानीय तहमा को–को भए कांग्रेसका सभापति ?
दमक । झापा जिल्लामा १५ वटै स्थानीय तहमा नयाँ नेतृत्व चयन भएको छ ।
कन्काइ नगरपालिकाको सभापतिमा दुर्गाप्रसाद प्रसाइँ चयन भएका छन् । मेची नगरपालिकामा सुदय पनेरु चयन भएका छन् ।
बिर्तामोड नगरपालिकामा भोजराज सिटौला चयन भएका छन् । कमल गाउँपालिकामा बुद्धिराज न्यौपाने सभापति चुनिएका छन् ।
झापा गाउँपालिकामा साघीरथ गणेश सभापति चयन भएका छन् । दमक नगरपालिकामा प्रकाश प्रसाइँ सभापतिमा चयन भएका छन् ।
अर्जुनधारा नगरपालिकामा हेमराज खरेल सभापतिमा चयन भएका छन् । बुद्धशान्ति गाउँपालिकामा चक्र शेर्मा सभापतिमा चयन भएका छन् ।
भद्रपुर नगरपालिका समितिको सभापतिमा रामबहादुर कँडेल चयन भएका छन् । गौरादह नगरपालिकामा यादवराज सेढाइँ सभापतिमा चयन भएका छन् ।
शिव सताक्षी नगरपालिकामा अशोक बस्नेत सभापतिमा चयन भएका छन् । हल्दिबारी गाउँपालिकामा गंगा प्रसाइँ सभापतिमा चयन भएका छन् ।
गौरीगंज गाउँपालिका समितिको सभापतिमा अधनुप्रसाद राजवंशी चयन भएका छन् । बाह्रदशी गाउँपालिकामा इन्दु बस्नेत सभापति चयन भएकी छिन् ।
कचनकवल गाउँपालिका समितिको सभापतिमा तुलाराम अधिकारी चयन भएका छन् ।
झापा कांग्रेस नेता कृष्णप्रसाद सिटौला, नेतृ सरिता प्रसाइँ, विश्वप्रकाश शर्माको गृहजिल्ला पर्छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया