मुस्ताङ कांग्रेसमा नेता थकालीले बनाए इतिहाँस
लेते । मुस्ताङ जिल्लाका पाँच वटा गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ कार्यसमिति निर्विरोध चयन भएका छन् ।
थासांग गाउँपालिकाको सभापति रूपेश तुलाचन निर्विरोध भएका छन् ।
घरपझोंग गाउँपालिकाको सभापतिमा यामप्रसाद थकाली, बारहगाउँ मुक्तिक्षेत्र गाउँपालिकाको सभापतिमा आंजिन गुरुङ निर्विरोध भएका छन् ।
लोघ्यकर दामोदरकुण्ड गाउँपालिकाको सभापतिमा टसी लेंडुप गुरुङ र लोमंथाङ्ग गाउँपालिकाको सभापतिमा छेवांग जिग्मी विष्ट निर्विरोध निर्वाचित भएका छन् ।
यसअघि मुस्ताङ जिल्लाका सबै वडा अधिवेशनमा सभापतिसहितको कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरू निर्विरोध भएका थिए ।
नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रोमी गौचन थकालीको गृहजिल्ला मुस्ताङमा कांग्रेसले सबै नेता कार्यकर्ताको चित्त बुझाएर निर्विरोध कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरू चयन भएका छन् ।
देशभरि कांग्रेसको अधिवेशनहरूमा कडा प्रतिस्पर्धा गरिरहेका बेला नेता थकालीले निर्विरोध कार्यसमितिहरू बनाउन भूमिका खेलेका हुन् ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया