महेश बस्नेतको वडामा एमालेभित्र पहिरो, लोकप्रिय नेताहरू कांग्रेसमा प्रवेश
भक्तपुर । नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाले एमालेका नेता कार्यकर्ताहरूलाई नेपाली कांग्रेसका स्वागत गरेका छन् ।
नेपाली कांग्रेस भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नं. ७ गुण्डुमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा तरुण अध्यक्ष थापाले एमाले छाडेका नवप्रदेशीहरूलाई कांग्रेसमा प्रवेश गराएका हुन् । एक सयभन्दा धेरै नेता कार्यकर्ता एमाले छाडेर कांग्रेसमा प्रवेश गरेको कार्यक्रममा जानकारी दिइएको छ ।
कार्यक्रममा तरुण अध्यक्ष थापाले अबको निर्वाचन कांग्रेसको रहेको बताए । ‘अबको निर्वाचन कांग्रेसले जित्छ । कांग्रेसका उम्मेदवारहरू निर्वाचित हुन्छन्’, उनले भने, ‘बा छोरोछोरीहरूले धेरै चुरीफुरी नगरे हुन्छ ।’
कांग्रेसप्रति कम्युनिस्टहरूको पनि आकर्षण बढेको भन्दै तरुण अध्यक्ष थापाले कम्युनिस्टको पछाडि नलाग्न आग्रह गरेका छन् ।
गुण्डु एमालेको बर्चश्व रहेको वडा मानिन्छन् । यो वडा एमालेका नेता महेश बस्नेतको वडा पनि हो । सांसद अपरहण गरेको आरोप खेप्दै आएका एमालेका नेता बस्नेतकै वडामा कांग्रेसको आकर्षण बढेको छ ।
तरुण दलका अध्यक्ष थापाले एमाले छाडेका नवप्रवेशीहरूलाई कांग्रेसमा भित्र्याएर भक्तपुरमा एमाले बढारिएको सन्देश दिएका छन् ।
गुण्डुमा एमालेका नेता बस्नेतले विकास गर्न सकेका छैनन् । एमालेसँग गुण्डुका जनता आजित बनेका छन् । बस्नेतका ठूला गफले गुण्डुबासी जनता रिसाएको कार्यक्रमका जानकारी दिइएको थियो ।





बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया