सीआईबीद्वारा गैंडाको खागसहित लगनखेलका बस्नेत पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) गैंडाको खागसहित ३० वर्षीय निकेश बस्नेतलाई पक्राउ गरेको छ ।
काठमाडौं मानगरपालिका– ८ गौशाला, तिलगंगा एरियाबाट बस्नेतलाई पक्राउ गरिएको सीआईबीका प्रमुख एवम् डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।
पक्राउ परेका बस्नेत ललितपुर महानगरपालिका–६ लगनखेलमा बस्दै आएका थिए ।
बस्नेतलाई बिहीबार पक्राउ गरिएको हो । बस्नेतले खाग बिक्री गर्न लागेको सूचना पाएपछि सीआईबीको टोलीले छापामारेको थियो ।
बस्नेतलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय, हात्तीसार, काठमाडौंमा बुझाइएको डीआईजी सिंहले जानकारी दिए ।
बस्नेतसँग सीआईबीले संरक्षित वन्यजन्तु गैंडाको खाग (आखेटोपहार) जस्तो देखिने तौल ४५ ग्रामको वस्तु पनि बरामद गरेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया