कांग्रेसका युवा नेता शर्माको समूह निर्वाचित, बारबर्दिया– ७ मा सभापति सञ्जय गौतमले हावा खाए
गुलरिया । नेपाली कांग्रेस बर्दियाको बारबर्दिया नगरपालिका वडा नं. ७ को वडा अधिवेशनमा बरमबहादुर थापा लोकप्रिय मतका साथ सभापतिमा निर्वाचित भएका छन् ।
बिहीबार सम्पन्न वडा अधिवेशनमा सहमति हुन नसकेपछि नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्वअध्यक्ष एवम् कांग्रेसका युवा नेता महेन्द्र शर्मा र बर्दिया कांग्रेसका सभापति सञ्जय गौतमको समूहबीच प्रतिस्पर्धा भएको थियो ।
युवा नेता शर्माले थापालाई वडा सभापतिको उम्मेदवार बनाएका थिए । बर्दियाका सभापति गौतमले रामलाल थारुलाई सभापतिमा उम्मेदवार बनाएका थिए ।
सभापति गौतमले वडामा एकलौटी गर्न खोज्दै युवाहरूलाई अधिवेशनबाटै वडामा रोक्न खोजपछि युवाहरू जबरजस्त रुपमा निर्वाचित भएर आएका छन् ।
क्षेत्रीय प्रतिनिधिहरूमा कांग्रेसका युवा नेता एवम् नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष महेन्द्र शर्मा, अमृत शर्मा ढकाल, सुनिल शाही, लालबहादुर तिवारी, मीनबहादुर वली निर्वाचित भएका छन् ।
रामजी आचार्य, जयकला भण्डारी, शोभा पाण्डे, भूमि शर्मा, विश्राम थारु (रम्भापुर), विश्राम थारु (सोनपुर) प्रेलाल थारु, मुरिया थारु पनि क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् ।
क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेमा राधिका रेउले थारु टोपबहादु ज्ञवाली, सुशीला परियार, टोपबहादुर थापा मगर, र मातृकाप्रसाद राजी रहेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया