कांग्रेसको गाउँ र नगरको अधिवेशन पूर्वनिर्धारित समयमा हुने
काठमाडौं । नेपाली कांग्रेसले नगरपालिका र गाउँपालिकाको अधिवेशनहरू पूर्वनिर्धारित समय असोज ९ गते गर्ने निर्णय गरेको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले वडा अधिवेशन सकिएका जिल्लामा पूर्वनिर्धारित समय अनुसार असोज ९ मा गाउँ/नगर अधिवेशन गर्ने निर्णय गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।
वडा अधिवेशन हुन नसकेका १३ जिल्लाको क्रियाशील सदस्यता टुंगाउने जिम्मेवारी पुनः तीन सदस्यीय कार्यदललाई दिइएको छ ।
नेता कृष्णप्रसाद सिटौला, मीनेन्द्र रिजाल र रमेश लेखक रहेको कार्यदलले नामावली छिटो टुंगाउन सकेमा असोज ९ अघि बाँकी जिल्लामा वडा अधिवशेन गरिनेछ ।
क्रियाशील सदस्यताको टुंगो लाग्न नसके निर्वाचन समितिले क्रमशः वडा अधिवेशनको मिति तय गर्नेछ ।
कार्यदलले नामावली प्रकाशन गरे अनुसार निर्वाचन समितिले मिति तोक्ने बताइएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया