सबैभन्दा सानो उमेरमै उर्मिला बनिन् कांग्रेसको क्षेत्रीय प्रतिनिधि

चौतारा । सिन्धुपाल्चोक जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशनमा १८ वर्षीया युवती उर्मिला माझी क्षेत्रीय प्रतिनिधि चयन भएकी छिन् ।

मंगलबार सम्पन्न कांग्रेसको चौतारा साँगाचोक गढी नगरपालिका वडा नं. ९ कदमबासबाट माझी सर्वसम्मत रुपमा क्षेत्रीय प्रतिनिधि चयन भएकी हुन् ।

कांग्रेसका हालसम्म भएको वडा अधिवेशनबाट निर्वाचित भएका क्षेत्रीय प्रतिनिधिहरूमा सम्भवत माझी नै सबैभन्दा सानो उमेरकी क्षेत्रीय प्रतिनिधि सर्वसम्मत भएकी छिन् ।

Published : Tuesday, 2021 September 21, 10:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया