विष्णु पौडेलका मान्छेले बुटवलमा दनक भेटे
बुटवल । बुटवल उप–महानगरपालिकाका मेयर शिवराज सुवेदीले ज्योतिनगरमा दनक भेटेका छन् ।
ज्योतिनगरमा खसेको पहिरो अवलोकन गर्न पुगेका मेयर सुवेदीलाई स्थानीय एक युवकले मुक्का हानेर ढालेका हुन् । मुक्का खाएका मेयर सुवेदीलाई प्रहरीले बचाएर लगेको छ ।
पहिरो अवलोकनका लागि मेयर सुवेदी, नगर प्रहरी, नेपाल प्रहरीको टोली लिएर दलबलसहित पुगेका थिए ।
सो स्थानमा केही दिन अगाडि पहिरो खसेर घरहरूमा क्षति पु¥याएको थियो । सोमबार पनि पहिरो खस्दा ३ वटा घरमा क्षति पुगेको छ ।
पहिलोमा परेका जनताको माग सुनुवाइ नगरेको भन्दै रिसाएका स्थानीयले मेयर सुवदीमाथि आक्रमण गरेको जनाएका छन् ।
एमालेबाट निर्वाचित मेयर सुवदीले जनताको काम गर्नेभन्दा पनि लापरबाही गरेको भन्दै आलोचना हुँदै आएको छ । मेयर सुवेदी एमालेका नेता विष्णु पौडेल निकटका मानिन्छन् ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया