ओलीले महरको अध्यक्ष पद उडाइदिए, झाक्री बसेको कुर्सीमा पुगिन् सुनिता
काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले अनेरास्ववियुको अध्यक्षबाट ऐन महरलाई हटाएर अध्यक्षको जिम्मेवारी सुनिता बराललाई दिएका छन् ।
शनिबार काठमाडौंमा बसेको अनेरास्ववियुको केन्द्रीय सचिवालयको पूर्ण बैठकले अध्यक्ष ओलीको दवाव र निर्देशनमा महरलाई अध्यक्षबाट हटाउने निर्णय गरेको हो । ओलीकै दबाबमा अध्यक्षमा बराललाई चयन गरेको एक नेताले बताएका छन् ।
संगठनको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी आरसी लामिछानेलाई दिइएको छ । उपाध्यक्षमा कल्पना वाइबा, यम पाण्डे, मोती बिक लगायत १२ जना चयन भएका छन् । महासचिवमा समिक बडाललाई चयन गरिएको छ ।
उप–महासचिवमा नरेश रोकाय, सुदर्शन सिवाकोटी, नारायण घर्ती र गोविन्द गिरी तथा कोषाध्यक्षमा जेनीष लामालाई चयन गरिएको छ ।
एमालेमा रहेका बेला रामकुमारी झाक्री पनि अनेरास्ववियुको अध्यक्ष बनेकी थिइन् । झाक्री बसेको कुर्सीमा बराल पनि पुगेकी छिन् । झाक्रीले ओलीका कारण एमाले छाडेर माधव नेपाल नेतत्वको नेकपा (एकीकृत समाजवादी)मा लागेकी छिन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया