सानेपाको धर्नामा महामन्त्री कोइराला सहभागी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले निर्वाचन निर्देशिका समावेशी बनाउन मागसहित धर्नामा बसेकाहरूप्रति ऐक्यबद्धता जनाएका छन् ।

दलित कोटा कायम गर्न माग गर्दै पार्टी कार्यालय सानेपामा बुधबार पनि उपत्यका दलित संघले धर्ना दिएको थियो । धर्नामा सहभागी भएर कोइरालाले ऐक्यबद्धता जनाएका हुन् ।

उपत्यकाका तीन जिल्लाका दलित संघले ७ दिनदेखि धर्ना दिइरहेका छन् ।

धर्नाप्रति महामन्त्री कोइराला, केन्द्रीय सदस्यहरू मीनबहादुर विश्वकर्मा, मानबहादुर विश्वकर्मा, भीमसेनदास प्रधानलगायतले ऐक्यबद्धता जनाइसकेका छन् ।

धर्नामा १४औँ महाधिवेशनमा दलित प्रतिनिधिको कोटा कटौती गरिएको भन्दै निर्वाचन निर्देशिका संशोधन गर्न माग गरिरहेको दलित संघ काठमाडौंकी अध्यक्ष गंगा सुनारले बताएकी छिन् ।

उपत्यकाका तीन जिल्लासहित १८ जिल्लामा दलित महाधिवेशन प्रतिनिधि आउने अवस्था नरहेपछि चार दिनदेखि धर्ना थालिएको जानकारी दिइन् ।

धर्नामा सहभागी नेताहरूका अनुसार १४औँ महाधिवेशनमा दलित जातीय समुदायको संख्यात्मक प्रतिनिधित्व १३औँ महाधिवेशनको तुलनामा ३ प्रतिशतले घट्ने देखिएको छ ।

Published : Wednesday, 2021 September 15, 9:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया