गोदावरी– १३ को वडा सभापतिमा तरुण नेता खड्का सर्वसम्मत
गोदावरी । ललितपुरमा नेपाली कांग्रेस गोदावरी नगरपालिका– १३ को वडा सभापतिमा वीरेश खड्का निर्विरोध चयन भएका छन् ।
खड्काको नेतृत्वमा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरू सर्वसम्मत भएका हुन् । खड्का नेपाल तरुण दल ललितपुर क्षेत्र नं. १ को उपाध्यक्ष समेत हुन् ।
उप–सभापतिमा प्रवीन थापा र सरोज थापा, सचिवमा रमेशराज घिमिरे र शिवराम अधिकारी, सह–सचिवमा नवीन केसी र सरला खतिवडा तथा कोषाध्यक्षमा तारा नेपाली सर्वसम्मत भएका छन् ।
विभिन्न सामाजिक संस्थामा रहेर काम गरेका सभापति खड्काले बेलायतबाट ५ वर्ष अध्ययन गरेका छन् ।
क्षेत्रीय प्रतिनिधिहरूमा विमला घिमिरे, शशि खड्का गुरुङ, धन रिसाल, उत्तम पौडेल, चिरायु केसी, लक्ष्मण घिमिरे, पुरुषोत्तम पौडेल, किरणकुमार घिमिरे, सानुभाइ थापा, अनुप घिमिरे, धनेन्द्र केसी, लीला सापकोटा, सुनिल महर्जन, तारा नेपाली र श्रीहरि खड्का सर्वसम्मत भएका छन् ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया