रिजालले काठमाडौंको सीडीओको जिम्मेवारी सम्हाले
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोविन्दप्रसाद रिजालले जिम्मेवारी सम्हालेका छन् ।
सीडीओ रिजालले बुधबार बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयमा जिम्मेवारी सम्हालेका हुन् । गृह मन्त्रालयमा सह–सचिवको जिम्मेवारी सम्हाल्दै आएका रिजाललाई मन्त्रालयले केही दिन अगाडि काठमाडौंको सीडीओ बनाएको थियो ।
काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीलाई मन्त्रालयमा तानिएको छ । पराजुलीलाई तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीको निर्देशनमा गृहमन्त्री रामबहादुर थापाले काठमाडौंको सीडीओ बनाएका थिए ।
Published : Wednesday, 2021 September 8, 9:30 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया