घर जलेर समस्यामा परेका गोले कांग्रेस नेता बस्नेतलाई देखेपछि रोए, बस्नेतद्वारा सहयोग
मेलम्ची । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको दुबाचौरमा घर जलेर बिचल्लीमा परेका बाबुराम गोलेको परिवारलाई लत्ताकपडासहितको सहयोग गरेका छन् ।
मेलम्ची नगरपालिका– ८ को दुबाचौरको लाभगाउँमा बुधबार साँझ गोलेको घर जलेर नष्ट भएको थियो । आगलागीमा मानवीय क्षति हुन पाएन ।
तर, घरमा रहेका अन्नपात, भाँडाकुँडासहितका सबै सामान जलेर क्षति पुगेको छ ।
आगलागी पीडित गोलेको परिवारलाई नेता बस्नेतले बिहीबार घरमै पुगेर पकाइखाने एकसरो भाँडाकुँडा, ओड्ने बिछ्याउने डस्ना, सिरक, सिरानी, चामल, दाल, नुन, चिउरा, खाना पकाउने ग्यासको सिलिण्डर र चुल्हो लगायतका सामान उपलब्ध गराएका छन् ।
नेता बस्नेतसँग पीडित गोले आँखाभरि आँशु लिएर घर जलेर सर्वस्व गुमेको भन्दै पीडा सुनाएका थिए । जवाफमा कांग्रेस नेता बस्नेतले गोललाई अचानक आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै घर बनाउनेदेखि अन्य सहयोग गर्ने आश्वासन दिएका छन् ।
उनले तत्कालका लागि एकसरो लत्ताकपडा, भाडाँ, खाद्यान्नसहितको सहयोग गरेको भन्दै थप सहयोग गरिने बताएका छन् ।
सिन्धुपाल्चोक जिल्लामा नेता बस्नेतले बाढीपहिरो, कोरोना महामारी होस् वा अन्य विपतमा परेका सर्वसाधारणलाई सहयोग गर्दै आएका छन् ।
केही दिन अगाडि मात्रै बस्नेतले सिन्धुपाल्चोकमा बाढीपहिरोबाट समस्यामा परेका ६० जना बालबालिकालाई उच्च शिक्षाका निःशुल्क अध्ययन गर्न लोयल र सान दुई वटा कलेजमा भर्ना गरिएका थिए ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया