गृह मन्त्रीद्वारा तीन जना सीडीओसँग कुरा, सुरक्षाकर्मीहरूको उच्च प्रशंसा
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले बाढीपहिरोबाट भएको नोक्सानीका विषयमा विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई फोन गरेर जानकारी लिएका छन् ।
बिहीबार खाणले दाङ, कास्की र तनहुँका सीडीओहरूलाई फोन गरेर बाढीपहिरोबाट भएको नोक्सानी र जनधनको क्षतिबारे जानकारी लिएका हुन् । उनले विपतका बेला प्रहरीसहितका सुरक्षा निकायले गरेको उद्धारको कार्यको प्रशंसा गरेका छन् ।
गृहमन्त्री खाणले कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्य र दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई फोन गरेर जानकारी माग गरेको निजी सचिवालयले जनाएको छ ।
खाणले जोखिममा परेका जनतालाई उपयुक्त स्थानमा सार्नेदेखि उद्धार र राहतमा ध्यान दिन निर्देशन दिएका छन् । उनले सीमित साधन स्रोतका बाबजुद सुरक्षा निकायले गरेको कामको पनि प्रशंसा गरेका छन् ।
अबिरल वर्षाले खोलानाला बढ्ने र पहिरो जाने भन्दै खाणले समयमा जोखिम रहेका स्थानका जनतामा सूचनाहरू सम्प्रेषण गरेर सर्तक राख्न पनि आग्रह गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया