संसदीय दलको नेतामा नेपाल सर्वसम्मत चयन
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको नेतामा माधवकुमार नेपाललाई चयन गरेको छ ।
आइतबार नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष समेत रहेका नेपाललाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।
संसदीय दलको नेतामा नेपाललाई मुकुन्द न्यौपानेले प्रस्ताव गरेका थिए । एमालेबाट भदौ ९ गते विभाजित भएर बनेको नेकपा(एस)ले दलको मान्यता पाएको थियो ।
बैठकले राष्ट्रिय सभाको संसदीय दलको नेतामा वेदुराम भुसाललाई चयन गरेको छ ।
बैठकले संसदीय दलको विधान मस्यौदा समिति गठन गरेको छ । समितिमा भवानी खापुङ, निरादेवी जैरु, शेरबहादुर कुँवर, लक्ष्मी चौधरी र ठगेन्द्रप्रकाश पुरी छन् ।
उता, निर्वाचन आयोगले एमाले र जनता समाजवादी पार्टीका प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ गठन भएका पार्टी छनोटका लागि भदौ २२ गतेसम्मको समय दिएको छ ।
निर्वाचन आयोगको आइतबारको बैठकले एमाले र जसपाबाट छुट्टिएर गठन भएका नेकपा (एस) र लोसपा मा जान चाहनेका लागि समय निर्धारण गरेको हो ।
नयाँ दल भदौ २ गते गठन भएकाले नयाँ दल रोज्ने समय भदौ २२ गते तय गरिएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया